यस सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगाको मुख्य रूपमा निम्न तीन उद्देश्य रहेका छन् । शहरी विकास : विद्यमान सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको संरक्षण तथा संवर्धन हुने गरी आधुनिक, भौतिक सुविधाहरूको व्यवस्था गरी दिगो रूपले शहरहरूको विकास तथा गाउँ र नगरबीचको अन्तः सम्बन्धलाई सुदृढ गर्ने । विद्यमान सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको संरक्षण तथा संवर्धन हुने गरी आधुनिक, भौतिक सुविधाहरूको व्यवस्था गरी दिगो रूपले शहरहरूको विकास तथा गाउँ र नगरबीचको अन्तःसम्बन्धलाई सुदृढ गर्ने । आवास : व्यवस्थित बसोबासको प्रवर्धन गर्दै सुरक्षित तथा किफायती खालका आवासहरू उपलब्ध गराउने । भवन : सुरक्षित, किफायती र वातावरण अनुकूल सकभर स्वदेशी वास्तुकला झल्कने खालका भवनहरू निर्माण तथा विकास गराउने ।